-
१ समुएल ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले मैले शपथ खाएको छु, एलिको घरानाले गरेको पापको लागि जस्तोसुकै बलि वा भेटी चढाइए पनि त्यो कहिल्यै क्षमा हुनेछैन।”+
-
-
१ समुएल ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यति मात्र होइन, परमेश्वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+
-
-
१ समुएल ४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ ती मानिसले साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको कुरा बताउनेबित्तिकै मूलढोकाको छेउमा कुर्सीमा बसिरहेका एलि पछिल्तिर ढले। तिनको मुन्टो भाँचियो र त्यहीँ तिनको मृत्यु भयो। किनकि तिनी वृद्ध र ठूलो जीउ भएका मानिस थिए। तिनले इस्राएलमा ४० वर्ष न्यायकर्ताको रूपमा सेवा गरेका थिए।
-