१४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+
२८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्तिलाई दिनुहुनेछ।+
८ यो सुनेर साउल असाध्यै रिसाए;+ यो गीत तिनलाई पटक्कै मन परेन। त्यसकारण तिनले यस्तो सोचे: “दाउदले लाखौँलाई मारे रे तर मैलेचाहिँ हजारौँलाई मात्र! अब तिनीहरूले त्यसलाई राजा बनाउन मात्र बाँकी छ!”+
१७ तिनले दाउदलाई भने: “नडराउनुहोस्, मेरो बुबाले तपाईँलाई भेट्टाउन सक्नुहुन्न। तपाईँ इस्राएलका राजा हुनुहुनेछ+ र मचाहिँ दोस्रो दर्जामा हुनेछु अनि मेरो बुबालाई पनि यो कुरा थाह छ।”+