१४ दाउद जिफको+ निर्जनभूमिका ती डाँडाहरूमा बस्न थाले, जहाँ मानिसहरू सजिलै पुग्न सक्दैनथे। साउलले दाउदलाई धुइँधुइँती खोजे+ तर यहोवा परमेश्वरले दाउदलाई साउलको हातमा सुम्पिदिनुभएन।
२५ साउलले दाउदलाई भने: “हे मेरो छोरा दाउद, परमेश्वरले तिमीलाई आशिष् देऊन्! तिमीले साँच्चै ठूलठूला काम गर्नेछौ अनि तिमी विजयी हुनेछौ।”+ त्यसपछि दाउद आफ्नो बाटो लागे र साउल पनि आफ्नो ठाउँ फर्के।+