-
१ राजा ५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “मेरो बुबा दाउदले आफ्ना परमेश्वर यहोवाको नामको निम्ति भवन बनाउन सक्नुभएन भनेर त तपाईँलाई थाहै छ। किनकि उहाँले वरपरका शत्रुहरूसित युद्ध गरिरहनुपरेको थियो। अनि यहोवा परमेश्वरले मेरो बुबालाई उहाँका शत्रुहरूमाथि विजयी तुल्याउनुभयो।+
-
-
१ राजा ८:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मेरा बुबा दाउदको इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+ १८ तर यहोवा परमेश्वरले मेरो बुबा दाउदलाई यसो भन्नुभयो: ‘तिमीले मेरो नामको निम्ति एउटा भवन बनाउने इच्छा गऱ्यौ; त्यो राम्रो कुरा हो। १९ तर तिमीले त्यो भवन बनाउनेछैनौ। बरु तिम्रो छोरा, जो तिमीबाट जन्मनेछ, उसैले मेरो नामको निम्ति एउटा भवन बनाउनेछ।’+
-
-
१ इतिहास १७:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ, “तिमीले मेरो भवन, मेरो निवासस्थान बनाउनेछैनौ।+ ५ इस्राएलीहरूलाई छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले कुनै भवनमा बास गरेको छैनँ। बरु एउटा पालबाट अर्को पालमा र एउटा वासस्थानबाट* अर्को वासस्थानमा* सर्दै आएको छु।+ ६ जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्याउन मैले न्यायकर्ताहरू नियुक्त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’
-
-
१ इतिहास २२:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ दाउदले आफ्ना छोरा सुलेमानलाई यसो भने: “मेरा परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने मेरो ठूलो धोको थियो।+ ८ तर यहोवाको यो सन्देश मकहाँ आयो, ‘तिमीले थुप्रैको रगत बगाएका छौ र ठूलठूला युद्ध लडेका छौ। त्यसैले तिमीले मेरो निम्ति भवन बनाउन पाउनेछैनौ।+ तिमीले यस धर्तीमा मेरै आँखाअगाडि धेरैको रगत बगाएका छौ।
-