-
२ समुएल ७:४-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यही रात यहोवा परमेश्वरको यो वचन नातानकहाँ आयो: ५ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ, “के तिमी मेरो भवन, मेरो निवासस्थान बनाउन चाहन्छौ?+ ६ इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म म कुनै भवनमा बास गरेको छैनँ।+ बरु म पालमा रहेर एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको छु।+ ७ जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्याउन मैले कुलनायकहरू नियुक्त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’
-
-
१ राजा ८:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मेरा बुबा दाउदको इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+ १८ तर यहोवा परमेश्वरले मेरो बुबा दाउदलाई यसो भन्नुभयो: ‘तिमीले मेरो नामको निम्ति एउटा भवन बनाउने इच्छा गऱ्यौ; त्यो राम्रो कुरा हो। १९ तर तिमीले त्यो भवन बनाउनेछैनौ। बरु तिम्रो छोरा, जो तिमीबाट जन्मनेछ, उसैले मेरो नामको निम्ति एउटा भवन बनाउनेछ।’+
-
-
१ इतिहास २२:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ दाउदले आफ्ना छोरा सुलेमानलाई यसो भने: “मेरा परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने मेरो ठूलो धोको थियो।+ ८ तर यहोवाको यो सन्देश मकहाँ आयो, ‘तिमीले थुप्रैको रगत बगाएका छौ र ठूलठूला युद्ध लडेका छौ। त्यसैले तिमीले मेरो निम्ति भवन बनाउन पाउनेछैनौ।+ तिमीले यस धर्तीमा मेरै आँखाअगाडि धेरैको रगत बगाएका छौ।
-