प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ,+ त्यो नबिर्सनुहोस्‌।+ तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।” अनि हिजकियाह डाँको छोडेर रुन थाले।

  • यसैया ३८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “जाऊ र हिजकियाहलाई यसो भन,+ ‘तिम्रा पुर्खा दाउदका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ+ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु।+

  • योएल २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

      अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

      किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

      अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

      १४ उहाँले आफ्नो निर्णयबारे फेरि विचार गर्नुहुन्छ कि?*+

      अनि तिमीहरूलाई आशिष्‌ दिनुहुन्छ कि, कसले जान्दछ र?

      तिमीहरूका परमेश्‍वर यहोवालाई तिमीहरूले फेरि अन्‍नभेटी र मद्यभेटी चढाउन सक्छौ कि?

  • आमोस ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर,+

      सहरको मूलढोकामा न्याय कायम रहोस्‌।+

      तब सायद सेनाहरूका परमेश्‍वर यहोवाले

      युसुफका बाँकी रहेकाहरूलाई कृपा देखाउनुहुनेछ।’+

  • योना ३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मानिस होस्‌ या पशु, सबैले भाङ्‌ग्रा ओढून्‌। सबैले परमेश्‍वरलाई व्यग्रतासाथ पुकारून्‌, आफ्नो दुष्ट चाल त्यागून्‌ र मारकाट गर्न छोडून्‌। ९ कसले जान्दछ, साँचो परमेश्‍वरले आफ्नो निर्णयमाथि पुनर्विचार गरेर* आफ्नो बल्दो रिसलाई शान्त पार्नुहुन्छ कि? अनि हामी नाश हुनदेखि जोगिन्छौँ कि?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने