३६ अनि राजाले सिमिलाई बोलाउन लगाए।+ राजाले सिमिलाई भने: “यरुसलेममै एउटा घर बनाऊ र यहीँ बस। यहाँबाट तिमी कतै पनि जान पाउँदैनौ। ३७ जुन दिन यहाँबाट निस्केर तिमीले किद्रोन बेँसी पार गर्नेछौ,+ त्यही दिन तिमीलाई मारिनेछ। तिम्रो रगतको दोष तिम्रै शिरमा पर्नेछ।”