२९ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्न हुँदै आशिष् दिनुहोस् र यो घराना सदासर्वदा तपाईँसामु रहोस्।+ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँले नै यो प्रतिज्ञा गर्नुभएको छ। यस दासको घरानाले सधैँभरि तपाईँको आशिष् पाओस्।”+
४ तैपनि दाउदका+ परमेश्वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।*
१९ तर यहोवा परमेश्वरले आफ्ना सेवक दाउदको खातिर यहुदाको विनाश गर्न चाहनुभएन।+ किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+