-
लेवी ९:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसपछि मोसा र हारुन भेट हुने पालभित्र गए। अनि बाहिर निस्केपछि तिनीहरूले मानिसहरूलाई आशिष् दिए।+
तब यहोवा परमेश्वरको महिमा सबै मानिससामु देखा पऱ्यो।+ २४ अनि यहोवा परमेश्वरले आगो पठाउनुभयो+ र त्यसले वेदीमाथि भएको अग्निभेटी र बोसोलाई भस्म पारिदियो। जब सारा मानिसले यो देखे, तब तिनीहरू खुसीले कराउँदै भुईँमा घोप्टो परे।+
-
-
न्यायकर्ता ६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि यहोवा परमेश्वरका स्वर्गदूतले आफ्नो हातमा भएको लट्ठीको टुप्पोले मासु र अखमिरा रोटीलाई छोए। तब ढुङ्गाबाट आगो निस्केर मासु र रोटी भस्म भयो।+ त्यसपछि यहोवा परमेश्वरका स्वर्गदूत गिदोनको सामनेबाट बिलाए।
-