-
न्यायकर्ता १३:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि मानोहले बाख्राको पाठो र अन्नभेटी लिए अनि ती भेटीहरू एउटा ठूलो ढुङ्गामा राखेर यहोवा परमेश्वरको निम्ति चढाए। तब परमेश्वरले मानोह र तिनकी पत्नीले देख्नेगरि एउटा अचम्मको काम गर्नुभयो। २० आगो दन्किएर ज्वाला वेदीबाट मास्तिर गयो अनि मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै यहोवा परमेश्वरका स्वर्गदूत आगोको ज्वालामा पसे र स्वर्गतिर उक्लिए। यो देख्नेबित्तिकै मानोह र तिनकी पत्नी भुईँमा घोप्टो परे।
-