-
२ राजा ८:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहोरामको शासनकालमा एदोमले यहुदाको विद्रोह गऱ्यो+ र एदोमका मानिसहरू आफैले आफ्नो निम्ति राजा खडा गरे।+ २१ त्यसैले यहोराम आफ्ना सबै रथ लिएर पारिपट्टि जाइर भन्ने ठाउँमा गए। अनि यहोरामले राती नै उठेर एदोमीहरूलाई आक्रमण गरे र तिनीहरूलाई हराए, जसले तिनलाई र रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई घेरेका थिए। त्यसपछि एदोमीहरू भागेर आ-आफ्नो पालमा गए। २२ तैपनि एदोमले आजसम्मै यहुदाको विद्रोह गरिरहेको छ। त्यसबेला लिब्नाहले+ पनि यहुदाको विद्रोह गऱ्यो।
-