प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्‍वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्‌नुभयो,+ आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्‍वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो?

  • नहेम्याह ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि तपाईँले फारो,* उनका सबै सेवक र उनको देशका सबै बासिन्दाको विरुद्धमा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो।+ किनकि उनीहरूले हाम्रा पितापुर्खामाथि अत्याचार गरेको तपाईँले देख्नुभएको थियो।+ यसरी तपाईँले ठूलो नाम कमाउनुभयो, जुन आजसम्म पनि कायमै छ।+

  • यसैया ६३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्‍वर,+

      जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+

      र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+

  • इजकिएल २०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिनीहरू बसिरहेका जातिहरूमाझ मेरो नाममा कलङ्‌क नलागोस्‌ भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ किनकि तिनीहरूलाई* मिश्रबाट छुटाएर ल्याउँदा मैले ती जातिहरूमाझ आफूलाई तिनीहरूसामु* चिनाएँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने