प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब यहोवा परमेश्‍वरले आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गरेर,+ भयानक कामहरू गरेर, विभिन्‍न चिन्ह देखाएर र चमत्कारहरू गरेर हामीलाई मिश्रबाट छुटाउनुभयो।+

  • भजन ७८:४३-५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ उहाँले मिश्रमा कसरी चिन्हहरू देखाउनुभएको थियो,+

      जोअनको इलाकामा कसरी चमत्कारहरू गर्नुभएको थियो,

      ४४ उहाँले कसरी नाइल नदीका नहरहरूलाई रगतमा परिणत गर्नुभएको थियो+

      र त्यसको पानी पिउनै नसकिने बनाइदिनुभएको थियो, तिनीहरूले बिर्सिए।

      ४५ उहाँले तिनीहरूलाई आक्रमण गर्न झिँगाहरूको* हुल पठाउनुभयो+

      अनि तिनीहरूलाई बरबाद पार्न भ्यागुताहरू पठाउनुभयो।+

      ४६ उहाँले तिनीहरूको बालीनाली भोका सलहलाई दिनुभयो,

      तिनीहरूको मेहनतको फल हुल बाँधेर आएका सलहलाई दिनुभयो।+

      ४७ उहाँले तिनीहरूका अङ्‌गुर बगानहरूलाई

      र तिनीहरूका खनिउँका रूखहरूलाई असिनाले नाश पारिदिनुभयो।+

      ४८ उहाँले तिनीहरूको भारी बोक्ने जनावरलाई असिनाले नष्ट गरिदिनुभयो+

      अनि तिनीहरूको वस्तुभाउलाई चट्‌याङले* हिर्काउनुभयो।

      ४९ उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याउनुभयो,

      उहाँको क्रोध र आक्रोश पोख्नुभयो अनि तिनीहरूमाथि विपद्‌ ल्याउनुभयो,

      तिनीहरूमाथि विपत्ति ल्याउन स्वर्गदूतहरूको एक दल पठाउनुभयो।

      ५० उहाँले आफ्नो रिसको लागि बाटो बनाउनुभयो।

      उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन;

      उहाँले तिनीहरूलाई* महामारीको मुखमा धकेल्नुभयो।

      ५१ आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

      हामको पालमा तिनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने