-
२ समुएल २१:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो। त्यहाँ एउटा अजङ्गको पलिस्तियाली थियो, जसको दुइटै हात र दुइटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ २१ उसले इस्राएलीहरूको खिसी गरिरह्यो।+ त्यसैले दाउदका दाइ सिमिका+ छोरा जोनाथनले उसलाई मारे।
२२ रेफाई वंशका यी चार पलिस्तियाली गाथमा बस्थे। तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।+
-