३५ तर म सुलेमानको छोराको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+ ३६ मैले आफ्नो नाम जोड्न यरुसलेम सहरलाई रोजेको छु। त्यसैले उसको छोरालाई चाहिँ म एउटा कुल दिनेछु किनकि यरुसलेममा मेरो सेवक दाउदको दियो मेरो नजरको सामने सधैँ बलिरहोस् भन्ने म चाहन्छु।+