-
१ राजा ७:१५-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ उनले तामा ढालेर दुई वटा खम्बा बनाए।+ हरेक खम्बाको उचाइ १८ हात र गोलाइ १२ हात थियो।*+ १६ उनले तामा ढालेर दुई वटै खम्बाको शिर पनि बनाए। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो। १७ दुई वटै खम्बाको शिरमा जाली थिए र त्यसलाई डोरीजस्तै गरी बटारिएका ससाना सिक्रीहरूले सजाइएका थिए।+ ती दुवै खम्बाको शिरमा सात-सात वटा जाली थिए। १८ खम्बाको शिरलाई सजाउन उनले जालीको वरिपरि दुई लहर अनारका आकृतिहरू पनि बनाए। दुवै खम्बाको शिरलाई उनले यसरी नै सजाए। १९ शिरको टुप्पोचाहिँ लिली फूलको आकारको थियो, जसको उचाइ चार हात थियो। २० दुई वटै खम्बाको शिरको तल्लो भाग भुक्क उठेको थियो र त्यसमा बटारिएका सिक्रीहरूले सजाइएका जालीहरू थिए। अनि प्रत्येक शिरको वरिपरि २०० वटा अनारका आकृतिहरू थिए।+
२१ उनले यी खम्बाहरू मन्दिरको* दलानको अगाडि ठड्याए।+ उनले एउटा खम्बा दायाँपट्टि* ठड्याए र त्यसलाई याकिन* भन्ने नाम दिए। उनले अर्को खम्बाचाहिँ बायाँपट्टि* ठड्याए र त्यसलाई बोअज* भन्ने नाम दिए।+ २२ खम्बाहरूको माथिल्लो भागको बनौट लिली फूलजस्तै थियो। यसरी खम्बाको काम सिद्धियो।
-
-
२ इतिहास ४:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+
यसरी हिरामले साँचो परमेश्वरको भवनमा ती सबै काम गरिसिद्ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+ १२ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए; ती कचौरा आकारका शिरहरूलाई सिङ्गार्न दुई वटा जाली;+ १३ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति;+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले खम्बाहरूका शिरलाई सिँगारेका थिए;+
-