यसैया ५८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ भोकाहरूसित रोटी बाँड,+गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,कसैलाई नाङ्गो देख्यौ भने उसलाई लुगा देओ,+आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ। लुका ३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिनी उनीहरूलाई जवाफ दिन्थे: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस् र आफूसित खानेकुरा हुनेले पनि त्यसै गरोस्।”+ याकुब २:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+
७ भोकाहरूसित रोटी बाँड,+गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,कसैलाई नाङ्गो देख्यौ भने उसलाई लुगा देओ,+आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।
११ तिनी उनीहरूलाई जवाफ दिन्थे: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस् र आफूसित खानेकुरा हुनेले पनि त्यसै गरोस्।”+
१५ यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६ र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+