प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू।

  • मत्ति २५:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ किनकि म भोकाएको थिएँ, तिमीहरूले मलाई केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्‍यौ;+ ३६ म नाङ्‌गो थिएँ,* तिमीहरूले मलाई लुगा लगाइदियौ।+ म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्‍यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्‌न आयौ।’+

  • लुका ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनी उनीहरूलाई जवाफ दिन्थे: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस्‌ र आफूसित खानेकुरा हुनेले पनि त्यसै गरोस्‌।”+

  • रोमी १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ पवित्र जनहरू खाँचोमा पर्दा तिनीहरूसित बाँडचुँड गर।+ अतिथि-सत्कार गर्ने बानी बसाल।+

  • १ तिमोथि ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिना छन्‌ भने पहिला उनीहरूले नै आफ्नो घरपरिवारमा परमेश्‍वरको भक्‍ति गर्न सिकून्‌+ अनि आफ्नो आमाबुबा र बाजेबज्यैलाई उनीहरूले देखाएको उपकारको साटो तिरून्‌+ किनकि परमेश्‍वरको नजरमा यो ग्रहणयोग्य हुन्छ।+

  • याकुब १:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ हाम्रा परमेश्‍वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्‌कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+

  • १ युहन्‍ना ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्‍वरको प्रेम उसमा कसरी रहन्छ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने