प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १३९:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यदि मैले “अन्धकारले मलाई पक्कै छोप्छ!” भनेँ भने

      मेरो वरिपरि छाएको अन्धकार ज्योतिमा बद्‌लिन्छ।

      १२ अन्धकार पनि तपाईँको निम्ति अँध्यारो हुँदैन,

      रात तपाईँको निम्ति दिनजत्तिकै उज्यालो हुन्छ;+

      तपाईँको लागि अन्धकार पनि उज्यालोजस्तै हो।+

  • यसैया २९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्‌छन्‌।+

      तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्‌

      अनि यसो भन्छन्‌: “हामीलाई कसले देखेको छ र?

      हामी के गर्दै छौँ, कसलाई के थाह?”+

  • यर्मिया २३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के कुनै यस्तो ठाउँ छ, जहाँ मानिसले आफूलाई मेरो नजरबाट लुकाउन सक्छ?”+

      “के आकाश र पृथ्वीमा भएका सबै कुरा म देख्न सक्दिनँ?”+ यहोवा घोषणा गर्नुहुन्छ।

  • आमोस ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ कर्मेल डाँडाको टुप्पोमा तिनीहरू लुके तापनि

      म तिनीहरूलाई त्यहाँ खोज्नेछु र पक्रनेछु।+

      मेरो दृष्टिबाट लुक्न समुद्रको पिँधमा गए तापनि

      त्यहाँ तिनीहरूलाई डस्न सर्पलाई हुकुम गर्नेछु।

  • हिब्रू ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्‌ग छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने