प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्‍यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+

  • व्यवस्था ६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+

  • व्यवस्था ६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिमीहरूले यसो भन्‍नू: ‘हामी मिश्रमा फारोका* दास थियौँ तर यहोवा परमेश्‍वरले आफ्नो पराक्रमी हातले हामीलाई त्यहाँबाट छुटाउनुभयो।

  • व्यवस्था ११:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “मैले भनेका यी शब्दहरू तिमीहरूले आफ्नो दिमागमा र आफ्नो हृदयमा राख्नू अनि यी शब्दहरू सम्झिरहन त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ १९ यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा बारम्बार यसबारे कुराकानी गर्नू।+

  • यहोसु ४:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यो तिमीहरूको लागि एउटा चिन्ह हुनेछ। अनि पछि तिमीहरूका छोराछोरीले ‘यी ढुङ्‌गाहरू किन यहाँ छन्‌’ भनेर सोधेमा+ ७ तिमीहरूले यस्तो जवाफ दिनू: ‘यहोवा परमेश्‍वरको करारको सन्दुकको अगाडि यर्दन नदीको पानी बग्न बन्द भएको थियो।+ त्यसलाई यर्दनपारि नपुऱ्‍याउन्जेल नदीको पानी रोकिएको थियो। यी ढुङ्‌गाहरू इस्राएलीहरूको निम्ति सधैँभरिको लागि सम्झनाको चिन्ह हुनेछ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने