-
प्रस्थान १०:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ मिश्रभरि नै सलहहरू आए र तिनीहरूले पूरै देश ढपक्कै ढाके।+ जताततै हुलका हुल सलह थिए;+ यसअघि कहिल्यै यत्ति धेरै सलह आएका थिएनन् न त पछि नै आउने थिए। १५ तिनीहरूले पूरै जमिन ढपक्कै ढाकेकोले जमिनै कालो देखियो। असिनाबाट बचेका सबै वनस्पति र रूखका फल सलहहरूले खाइदिए। मिश्रका रूख तथा वनस्पतिमा एउटै हरियो पात बाँकी रहेन।
-