-
प्रस्थान ९:२३-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्वरले मिश्रमा असिना बर्साइरहनुभयो। २४ असिना पऱ्यो अनि असिनासँगसँगै बिजुली पनि चम्क्यो। मिश्रमा यसअघि यस्तो असिना कहिल्यै परेको थिएन।+ २५ असिनाले मिश्रमा भएको कुनै कुरालाई छोडेन। मानिस र पशु सबैलाई असिनाले चुट्नसम्म चुट्यो। सबै वनस्पति अनि रूखहरू असिनाले गर्दा नष्ट भए।+ २६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+
-