प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • पाँचौँ विपत्ति: वस्तुभाउ मर्छ (१-७)

      • छैटौँ विपत्ति: मानिस र पशुहरूमा पिलो निस्कन्छ (८-१२)

      • सातौँ विपत्ति: असिना (१३-३५)

        • फारोले परमेश्‍वरको शक्‍ति देख्नेछ (१६)

        • यहोवाको नाम घोषणा गरिनेछ (१६)

प्रस्थान ९:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:१; ८:१

प्रस्थान ९:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:४
  • +प्रस्थ ९:१५

प्रस्थान ९:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:२२; १०:२३; ११:७; १२:१३

प्रस्थान ९:६

मार्जिनल रेफरेन्स

  • +भज ७८:४८

प्रस्थान ९:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२१

प्रस्थान ९:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:११, १२, २०, २२; ८:७, १८; २ति ३:८

प्रस्थान ९:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२१; ८:३१, ३२; १४:१७

प्रस्थान ९:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:९, १०; २स ७:२२; भज ८३:१८

प्रस्थान ९:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१७; यहो २:९, १०; १इ १६:२४; हित १६:४; यसै ६३:१२; रोमी ९:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. २१-२२

    महान्‌ शिक्षक, पृ. २९-३०

    परमेश्‍वरको उपासना, पृ. ६२-६३

प्रस्थान ९:२२

मार्जिनल रेफरेन्स

  • +भज ७८:४७; १०५:३२
  • +प्रस्थ १०:४, ५

प्रस्थान ९:२३

फुटनोट

  • *

    यसले डरलाग्दो किसिमले बिजुली चम्केको कुरालाई जनाएको हुन सक्छ।

प्रस्थान ९:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:१८

प्रस्थान ९:२५

मार्जिनल रेफरेन्स

  • +भज १०५:३३

प्रस्थान ९:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:२२; ९:३, ४; १०:२३; ११:७; १२:१३

प्रस्थान ९:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:५, १७; ८:९, १०, २२; १४:४; व्य १०:१४; भज २४:१

प्रस्थान ९:३२

फुटनोट

  • *

    एक किसिमको कमसल गहुँ।

प्रस्थान ९:३३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:१७-१९

प्रस्थान ९:३४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२१; ८:१३, १५

प्रस्थान ९:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:४

अरू

प्रस्थ. ९:१प्रस्थ ५:१; ८:१
प्रस्थ. ९:३प्रस्थ ७:४
प्रस्थ. ९:३प्रस्थ ९:१५
प्रस्थ. ९:४प्रस्थ ८:२२; १०:२३; ११:७; १२:१३
प्रस्थ. ९:६भज ७८:४८
प्रस्थ. ९:७प्रस्थ ४:२१
प्रस्थ. ९:११प्रस्थ ७:११, १२, २०, २२; ८:७, १८; २ति ३:८
प्रस्थ. ९:१२प्रस्थ ४:२१; ८:३१, ३२; १४:१७
प्रस्थ. ९:१४प्रस्थ ८:९, १०; २स ७:२२; भज ८३:१८
प्रस्थ. ९:१६प्रस्थ १४:१७; यहो २:९, १०; १इ १६:२४; हित १६:४; यसै ६३:१२; रोमी ९:१७
प्रस्थ. ९:२२भज ७८:४७; १०५:३२
प्रस्थ. ९:२२प्रस्थ १०:४, ५
प्रस्थ. ९:२४प्रस्थ ९:१८
प्रस्थ. ९:२५भज १०५:३३
प्रस्थ. ९:२६प्रस्थ ८:२२; ९:३, ४; १०:२३; ११:७; १२:१३
प्रस्थ. ९:२९प्रस्थ ७:५, १७; ८:९, १०, २२; १४:४; व्य १०:१४; भज २४:१
प्रस्थ. ९:३३प्रस्थ १०:१७-१९
प्रस्थ. ९:३४प्रस्थ ४:२१; ८:१३, १५
प्रस्थ. ९:३५प्रस्थ ७:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ९:१-३५

प्रस्थान

९ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोकहाँ गएर यसो भन, ‘हिब्रूहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌।+ २ तर तिमीले उनीहरूलाई जान नदिई रोकिराख्यौ भने ३ हेर, म यहोवा, तिमीहरूका सबै वस्तुभाउविरुद्ध आफ्नो हात उठाउनेछु!+ तिमीहरूका घोडा, गधा, उँट, भेडाबाख्रा अनि गाईवस्तुलाई भयानक रोग लाग्नेछ।+ ४ अनि म यहोवा इस्राएलीहरूका र मिश्रीहरूका वस्तुभाउसित फरक-फरक व्यवहार गर्नेछु। इस्राएलीहरूको एउटा जनावर पनि मर्नेछैन।”’”+ ५ यहोवा परमेश्‍वरले भन्‍नुभयो: “म यहोवाले भोलि यस देशमा यो विपत्ति ल्याउनेछु।”

६ अनि भोलिपल्टै यहोवा परमेश्‍वरले त्यसै गर्नुभयो। मिश्रीहरूका वस्तुभाउ भकाभक मर्न थाले+ तर इस्राएलीहरूको भने एउटा पनि मरेन। ७ यसबारे फारोले जाँचबुझ गर्न मानिसहरू पठाउँदा इस्राएलीहरूको भने एउटा पनि जनावर मरेको पाइएन! तैपनि फारोको हृदय कठोर भइरह्‍यो; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।+

८ तब यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: “इँटाभट्टामा गएर तिमीहरूले दुवै हातमा मुठीभरि खरानी लिएर आउनू र मोसाले त्यो खरानी फारोकै सामने हावामा उडाइदिनू। ९ अनि त्यो मसिनो धुलो भएर मिश्रभरि फैलिनेछ र त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्कनेछन्‌।”

१० त्यसैले तिनीहरू इँटाभट्टाबाट खरानी लिएर फारोसामु हाजिर भए अनि मोसाले त्यो खरानी हावामा छरिदिए। त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्के। ११ जादुगरहरूलाई र सबै मिश्रीलाई पिलोले सताएकोले ती जादुगरहरू मोसासामु देखा पर्नै सकेनन्‌।+ १२ तर यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएझैँ यहोवाले फारोको हृदय कठोर हुन दिनुभयो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।+

१३ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “बिहान सबेरै उठ अनि फारोसामु हाजिर भएर यसो भन, ‘हिब्रूहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌। १४ जान दिएनौ भने तिमी, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजामाथि म एकपछि अर्को विपत्ति ल्याउनेछु। अनि यस पृथ्वीमा मजस्तो अरू कोही छैन भनेर तिमीले थाह पाउनेछौ।+ १५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+ १७ के तिमी अहङ्‌कारी भएर मेरा मानिसहरूलाई अझै जान दिँदैनौ? १८ हेर, भोलि म यसै समयतिर ठूलठूला असिना बर्साउनेछु। त्यस्तो असिना त मिश्रमा पहिला कहिल्यै परेकै छैन। १९ घरबाहिर भएका तिम्रा वस्तुभाउ, नोकरचाकर अनि सरसामान घरमा ल्याउन तिम्रा मानिसहरूलाई सन्देश पठाउनू। घरबाहिरै परेका सबै मानिस अनि जनावर असिनाले मर्नेछन्‌।”’”

२० फारोका चाकरहरूमध्ये ज-जसले यहोवा परमेश्‍वरको डर माने, तिनीहरूले आ-आफ्ना दास अनि वस्तुभाउलाई तुरुन्तै घरमा ल्याए। २१ तर यहोवा परमेश्‍वरको कुरा नमान्‍नेहरूले आफ्ना दास अनि वस्तुभाउलाई खेतबारीमै छोडे।

२२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात आकाशतिर उठाऊ अनि सारा मिश्रभरि असिना परोस्‌।+ मिश्रमा भएका मानिस, वस्तुभाउ, बालीनाली सबैमाथि असिना बर्सोस्‌।”+ २३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्‍वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्‍वरले मिश्रमा असिना बर्साइरहनुभयो। २४ असिना पऱ्‍यो अनि असिनासँगसँगै बिजुली पनि चम्क्यो। मिश्रमा यसअघि यस्तो असिना कहिल्यै परेको थिएन।+ २५ असिनाले मिश्रमा भएको कुनै कुरालाई छोडेन। मानिस र पशु सबैलाई असिनाले चुट्‌नसम्म चुट्‌यो। सबै वनस्पति अनि रूखहरू असिनाले गर्दा नष्ट भए।+ २६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+

२७ त्यसैले फारोले मोसा र हारुनलाई बोलाउन पठाए र तिनीहरूलाई यसो भने: “मैले पाप गरेँ; म आफ्नो पाप स्विकार्छु। यहोवा न्यायी हुनुहुन्छ; गल्ती म र मेरा मानिसहरूकै रहेछ। २८ यो गर्जन अनि असिना रोकिदिन यहोवालाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु। अब म तिमीहरूलाई एकछिन पनि रोक्दिनँ।” २९ मोसाले फारोलाई भने: “यो सहरबाट निस्कनेबित्तिकै स्वर्गतिर हात फैलाएर म यहोवा परमेश्‍वरलाई बिन्ती गर्नेछु। अनि गर्जन रोकिनेछ र असिना पर्न पनि थामिनेछ। अनि हजुरले सारा पृथ्वी यहोवा परमेश्‍वरकै हो भनेर थाह पाउनुहुनेछ।+ ३० तर मलाई थाह छ, त्यसपछि पनि हजुर र हजुरका चाकरहरूले यहोवा परमेश्‍वरको डर मान्‍नुहुनेछैन।”

३१ असिनाले गर्दा आलस र जौ सखाप भए किनकि जौमा बाला लागिसकेको थियो अनि सनपाटमा कोपिला पलाइसकेको थियो। ३२ तर गहुँ र कठिया गहुँचाहिँ* पछि पाक्ने बाली भएकोले नाश भएनन्‌। ३३ मोसा फारोकहाँबाट निस्केर सहरबाहिर गए र तिनले स्वर्गतिर आफ्नो हात फैलाएर यहोवा परमेश्‍वरलाई बिन्ती गरे। त्यसपछि गर्जन र असिना रोकियो अनि पृथ्वीमा पानी पर्न छोड्‌यो।+ ३४ पानी, असिना अनि गर्जन रोकिएको देखेपछि फारो र उनका चाकरहरूले फेरि पाप गरे; उनीहरूले आफ्नो हृदय कठोर बनाए।+ ३५ यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोले अझै पनि आफ्नो हृदय कठोर बनाइरहे; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने