-
प्रस्थान ३२:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ मिश्रीहरूलाई यसो भन्ने मौका किन दिने: ‘इस्राएलीहरूलाई दुःख दिन पो उहाँले तिनीहरूलाई यहाँबाट निकाल्नुभएको रहेछ! तिनीहरूलाई डाँडामै मार्न अनि पृथ्वीबाट नामेट पार्न उहाँले यसो गर्नुभएको रहेछ!’+ त्यसैले हे परमेश्वर, आफ्नो रिस थाम्नुहोस् अनि आफ्नो प्रजामाथि यस्तो विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुहोस्।*
-
-
व्यवस्था ३२:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ म यसो भन्न चाहन्थेँ: “म तिनीहरूलाई तितरबितर पार्नेछु
र मानिसहरूबाट तिनीहरूको सम्झना मेटाइदिनेछु।”
२७ तर मैले त्यसो भनिनँ किनकि शत्रुहरूले के भन्लान् भनेर मलाई चिन्ता लागेको थियो,+
तिनीहरूले गलत निष्कर्ष निकाल्न सक्थे।+
तिनीहरूले यसो भन्न सक्थे: “हामीले आफ्नै बलले जितेका हौँ;+
यसमा यहोवाको कुनै हात छैन।”
-