३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+
२३ आफूले दिएको सुझावअनुसार नगरिएको कुरा देखेपछि अहितोपेलले गधामा काठी कसे र त्यसमा चढेर आफ्नो सहर गए।+ त्यहाँ आफ्नो घर पुगेपछि उनले आफ्नो परिवारको लागि सबै बन्दोबस्त मिलाए।+ त्यसपछि उनी झुन्डिएर मरे।+ यसरी उनको मृत्यु भयो र उनकै पुर्खाहरूको चिहानमा उनलाई गाडियो।