-
२ राजा ७:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ वास्तवमा के भएको थियो भने सिरियालीहरूले रथहरू र घोडाहरूसहित एउटा विशाल सेना आइरहेको आवाज सुने।+ यहोवा परमेश्वरले नै यसो गराउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा यसो भने: “इस्राएलका राजाले हामीसित लडाइँ गर्न हित्ती राजाहरू र मिश्री राजाहरूलाई भाडामा ल्याएछन्!” ७ साँझपख अँध्यारो भएपछि तिनीहरू तुरुन्तै आफ्नो ज्यान जोगाउन भागे। आफ्ना पालहरू, घोडाहरू, गधाहरू र पूरै छाउनी जस्ताको तस्तै छोडेर तिनीहरू भागे।
-