२६ त्यसपछि परमेश्वरले भन्नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्।”+
९परमेश्वरले नुह र तिनका छोराहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।+२ पृथ्वीका सबै जीवजन्तु, आकाशका सबै चराचुरुङ्गी, समुद्रका सबै माछा र जमिनमा चलहल गर्ने सबै जनावरले तिमीहरूको डर मान्नेछन्। मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएको छु।*+