-
१ तिमोथि ५:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यस्तो विधवाको नाम सूचीमा लेख, जो ६० वर्ष नाघेकी छिन्, जो आफ्नो पतिप्रति वफादार थिइन्,* १० जसले छोराछोरी राम्ररी हुर्काइन्,+ अतिथि-सत्कार गर्ने बानी बसालिन्,+ पवित्र जनहरूको खुट्टा धोइन्,+ दुःख पाएकाहरूलाई मदत गरिन्+ र दिलोज्यानले हरकिसिमका असल काम गरिन् अनि असल कामहरू गर्ने व्यक्तिको रूपमा नाम पनि कमाइन्।+
-
-
तितस २:३-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसैगरि वृद्ध स्त्रीहरूको आचरण भक्तहरूलाई सुहाउने होस्। तिनीहरू अरूको निन्दा गर्ने र धेरै मद्यपान गर्ने नहोऊन् बरु असल कुराका शिक्षकहरू होऊन्। ४ तिनीहरूले युवतीहरूलाई आ-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, ५ सुझबुझ चलाउन, पवित्र रहन, घरायसी काम गर्न,* असल बन्न अनि आ-आफ्ना पतिको अधीनमा बस्न+ सल्लाह देऊन्* ताकि परमेश्वरको वचनको बदनाम हुन नपाओस्।
-