-
१ राजा २१:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० आहाबले एलियालाई भने: “ए मेरो शत्रु! आखिर तिमीले मलाई भेट्टायौ, होइन?”+ एलियाले भने: “हो, मैले तपाईँलाई भेट्टाएँ। परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीले यहोवाको नजरमा जे खराब छ, त्यही गर्ने हठ गऱ्यौ।+ २१ त्यसैले म तिमीमाथि विपत्ति ल्याउनेछु। म तिम्रो घरानालाई सखाप पार्नेछु र तिम्रो घरानाका सबै पुरुषलाई नाश गर्नेछु।+ इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत म छोड्नेछैनँ।+
-
-
१ राजा २२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब इस्राएलका राजाले यहोसापातलाई भने: “यहोवा परमेश्वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ।+ तर मलाई ऊ फिटिक्कै मन पर्दैन।+ किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ।+ ऊ इम्लाहको छोरा मिकायाह हो।” तर यहोसापातले भने: “तपाईँ त राजा हुनुहुन्छ। तपाईँले यस्तो कुरा गर्नु उचित होइन।”
-
-
२ इतिहास २५:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले यहोवा परमेश्वर अमस्याहसित क्रोधित हुनुभयो। उहाँले अमस्याहकहाँ एक जना भविष्यवक्ता पठाउनुभयो र ती भविष्यवक्ताले तिनलाई यसो भने: “तपाईँ ती मूर्तिहरूको पछि किन लाग्नुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईँको हातबाट बचाउन सकेनन्?”+ १६ भविष्यवक्ता बोलिरहेकै बेला राजाले बीचमै यसो भने: “चुप लाग्!+ नत्र तँ मर्नेछस्! तँलाई कसले राजाको सल्लाहकार बनायो हँ?”+ तब ती भविष्यवक्ता यसो भनेर चुप लागे: “परमेश्वरले तपाईँको सर्वनाश गर्ने निर्णय गर्नुभएको छ भनेर मलाई थाह छ। किनकि तपाईँले यस्तो नराम्रो काम गर्नुभयो र मेरो सल्लाह पनि सुन्नुभएन।”+
-