७ भोकाहरूसित रोटी बाँड,+
गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,
कसैलाई नाङ्गो देख्यौ भने उसलाई लुगा देओ,+
आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।
८ तब तिमीहरूको ज्योति बिहानीको किरणजस्तै चम्किनेछ+
अनि तिमीहरू चाँडै निको हुनेछौ।
तिमीहरूको धार्मिकता तिमीहरूको अघिअघि जानेछ
अनि यहोवाको महिमा तिमीहरूलाई रक्षा गर्न तिमीहरूको पछिपछि आउनेछ।+