१५ निखुर सुनले त्यो किन्न सकिँदैन।
त्यसको सट्टा चाँदी जोखेर दिन सकिँदैन।+
१६ ओपिरको सुन दिए पनि त्यो पाइँदैन।+
ओनिक्स र नीलमजस्ता दुर्लभ रत्नले समेत त्यो किन्न सकिँदैन।
१७ सुन र काँच त्यसको बराबरीमा आउन सक्दैन।
निखुर सुनले बनेको भाँडो नै दिए पनि त्यो प्राप्त गर्न सकिँदैन।+
१८ मुगा र मणिभ त्यसको अघि राख्न समेत सुहाउँदैन+
किनकि मोतीले भरिएको थैलीभन्दा बुद्धि धेरै बहुमूल्य हुन्छ।