प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ५:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तब साँचो परमेश्‍वरका सेवक+ एलिसाका चाकर गेहजिले+ मनमनै सोचे: ‘मेरो मालिकले यो के गर्नुभयो? उहाँले ती सिरियाली नामानले+ ल्याएको उपहार नलिईकन तिनलाई त्यसै जान दिनुभयो! जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, म तिनको पछि दौडेर जान्छु र तिनीबाट केही उपहार लिन्छु।’ २१ त्यसैले गेहजि नामानलाई भेट्‌न दौडेर गए। आफ्नो पछिपछि कोही दौडेर आइरहेको देखेपछि नामान रथबाट ओर्लिए र उनलाई यसो भने: “के भयो? सबै ठीक त छ?” २२ गेहजिले जवाफ दिए: “हजुर, सबै ठीक छ। मेरा मालिकले तपाईँलाई यो खबर पठाउनुभएको छ, ‘एप्रैमको पहाडी इलाकाबाट ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये* दुई जना भर्खरै मकहाँ आएका छन्‌। कृपया ती दुई जना युवकको लागि एक टालेन्ट चाँदी र दुई जोर लुगा दिनुहोस्‌।’”+

  • यर्मिया १७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ बेइमानी गरेर धनसम्पत्ति कमाउने मानिस

      आफूले नपारेको अण्डा कोरल्ने च्याखुराजस्तै हुन्छ।+

      केही समय नबित्दै धनसम्पत्तिले उसलाई छोडेर जान्छ

      र अन्तमा ऊ मूर्ख साबित हुन्छ।”

  • १ तिमोथि ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने