-
१ राजा ३:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि परमेश्वरले भन्नुभयो: “तिमीले यस्तो बिन्ती गऱ्यौ अनि आफ्नो लामो आयु अथवा धनसम्पत्ति अथवा शत्रुहरूको विनाश होस् भनेर मागेनौ तर तिमीले न्याय गर्न बुद्धि माग्यौ।+ १२ त्यसैले म तिमीले मागेकै आशिष् दिनेछु।+ तिमीलाई बुद्धि र समझले भरिएको हृदय दिनेछु।+ तिमीजस्तो बुद्धिमान् मानिस न पहिले थियो न पछि नै हुनेछ।+ १३ यसबाहेक तिमीले नमागेको धनसम्पत्ति र मानसम्मान+ पनि म दिनेछु+ अनि तिम्रो जीवनकालमा* तिमीजस्तो राजा अरू कोही हुनेछैन।+
-