-
१ राजा २१:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० आहाबले एलियालाई भने: “ए मेरो शत्रु! आखिर तिमीले मलाई भेट्टायौ, होइन?”+ एलियाले भने: “हो, मैले तपाईँलाई भेट्टाएँ। परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीले यहोवाको नजरमा जे खराब छ, त्यही गर्ने हठ गऱ्यौ।+ २१ त्यसैले म तिमीमाथि विपत्ति ल्याउनेछु। म तिम्रो घरानालाई सखाप पार्नेछु र तिम्रो घरानाका सबै पुरुषलाई नाश गर्नेछु।+ इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत म छोड्नेछैनँ।+
-
-
२ राजा १०:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले यो कुरा जानिराख्नू: यहोवा परमेश्वरले आहाबको घरानाबारे भन्नुभएको एउटै कुरा, यहोवाले बोल्नुभएको एउटा शब्द पनि खेर जानेछैन।+ यहोवाले आफ्नो सेवक एलियामार्फत भन्नुभएको सबै कुरा पूरा गर्नुभएको छ।”+ ११ साथै, येहुले यिज्रेलमा बाँकी रहेका आहाबको घरानाका सबैलाई मारे। तिनले आहाबका खास-खास मानिसहरू, मित्रहरू र पुजारीहरू सबैलाई मारे;+ एक जनालाई पनि बाँकी राखेनन्।+
-