४५ जातिजातिमाथि अधिकार गर्न,+
राजाहरूलाई दुर्बल पार्न
अनि ढोकाहरू खुल्लै रहून् भनेर
त्यसका दुवै खापा खोल्न
आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+
उहाँ तिनलाई यसो भन्नुहुन्छ:
२ “म तिम्रो अघिअघि जानेछु।+
डाँडाहरूलाई समतल बनाइदिनेछु।
तामाका ढोकाहरूलाई टुक्राटुक्रा पारिदिनेछु
र फलामे बारहरूलाई काटिदिनेछु।+