३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,
“यहोवाको बाटो तयार पार!+
हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको मूलबाटो बनाऊ।+
४ हरेक बेँसी अग्लो बनाइयोस्।
हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।
खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्
र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+