प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+ २१ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्‌+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+

  • यसैया ४९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर सियोनले बारम्बार यसो भन्यो:

      “यहोवाले मलाई त्याग्नुभएको छ,+ यहोवाले मलाई बिर्सनुभएको छ।”+

  • यर्मिया ३०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘कसैले पनि सियोनको वास्ता गर्दैन’ भन्दै

      तिम्रा शत्रुहरूले तिमीलाई हेला गरे।+

      तर म तिम्रो घाउ निको पारेर तिमीलाई स्वस्थ बनाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

  • विलाप १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ सियोन जाने बाटोहरू शोकाकुल छन्‌ किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+

      त्यसका सबै ढोका सुनसान छन्‌;+ पुजारीहरू सुस्केरा हाल्दै छन्‌।

      त्यसका कन्याहरू* शोकमा डुबेका छन्‌ र त्यो आफै पनि असह्‍य पीडामा छे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने