प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछ

      र जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।

      तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌

      र भाला पिटेर हँसिया बनाउनेछन्‌।+

      एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन

      र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+

  • यसैया ११:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ मेरो पवित्र डाँडामा

      तिनीहरूले कुनै हानि गर्नेछैनन्‌+

      किनकि समुद्र पानीले भरिएझैँ

      पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+

  • यसैया ५४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमी न्यायको जगमाथि बसालिनेछ्यौ।+

      अत्याचारबाट तिमीले मुक्‍ति पाउनेछ्यौ।+

      तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन,

      तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन;

      डर र त्रास तिमीदेखि भाग्नेछ।+

  • जकरिया ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ म आफ्नो घरको सुरक्षा गर्न छाउनी हाल्नेछु+

      अनि त्यहाँबाट कोही पनि आउजाउ गर्न पाउनेछैन

      अनि कोही अत्याचारी फेरि त्यहाँबाट भएर हिँड्‌नेछैन+

      किनकि मैले आफ्नै आँखाले यी सबै* देखेँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने