६ जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई खोज।+
उहाँ नजिक हुँदा नै उहाँलाई पुकार।+
७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+
खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।
ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+
ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+