-
भजन ४६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ जातिजातिमाझ कोलाहल छायो, राज्यहरूको पतन भयो;
उहाँले आफ्नो स्वर उचाल्नुभयो र पृथ्वी पग्लियो।+
-
-
भजन ६८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६८ परमेश्वर उठून्, उहाँका शत्रुहरू तितरबितर होऊन्
अनि उहाँलाई घृणा गर्नेहरू उहाँको सामुन्नेबाट भागून्।+
-
-
यसैया १७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ देश-देशका मानिसहरूको आवाज समुद्रको छालझैँ सुनिनेछ।
उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भागेर जानेछन्।
डाँडामा बतासले उडाएको भुसझैँ,
हुरीबतासले उडाएको काँडेझारझैँ तिनीहरू हुनेछन्।
-