-
व्यवस्था ४:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “तिमीहरूका छोराछोरी र नातिनातिना भएपछि अनि तिमीहरू त्यस देशमा बसेको धेरै समय बितिसकेपछि यदि तिमीहरू भ्रष्ट भयौ र तिमीहरूले मूर्तिहरू बनायौ+ अनि यहोवा तिमीहरूका परमेश्वरको नजरमा दुष्ट काम गरेर उहाँलाई रिस उठायौ भने+ २६ आज म स्वर्ग र पृथ्वीमा भएका सबैलाई साक्षी राखेर भन्छु, तिमीहरू जुन देश अधिकार गर्न यर्दनपारि जान लागेका छौ, त्यहाँ तिमीहरू निश्चय पनि तुरुन्तै नाश हुनेछौ। तिमीहरू त्यहाँ धेरै दिनसम्म बस्न पाउनेछैनौ, तिमीहरूको नामोनिसान मेटिनेछ।+
-
-
इजकिएल २०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “‘“तर तिनीहरूले मेरो विद्रोह गरे र मेरो कुरा पटक्कै सुन्न चाहेनन्। तिनीहरूले आफूसित भएका घिनलाग्दा कुराहरू फ्याँकेनन् र मिश्रका घिनलाग्दा मूर्तिहरू पुज्न पनि छोडेनन्।+ त्यसैले मैले मिश्रमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ।
-