प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यस दिन यहोवाले उमार्नुभएका सबै कुरा अत्यन्तै सुन्दर र भव्य हुनेछन्‌। त्यहाँको उब्जनीले इस्राएलमा बाँकी रहेकाहरूको शोभा र गौरव बढाउनेछ।+

  • यसैया २७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ आगामी दिनहरूमा याकुबले जरा गाड्‌नेछ।

      इस्राएल फक्रनेछ र त्यसले फल फलाउनेछ;+

      तिनीहरूले आफ्नो उब्जनीले देश भर्नेछन्‌।+

  • यसैया ३५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ त्यसबेला लङ्‌गडो मृगझैँ उफ्रनेछ+

      र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+

      किनकि उजाड भूमिमा पानीका मूल फुट्‌नेछन्‌

      र मरुभूमिमा खोलाहरू बग्नेछन्‌।

  • यसैया ५१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवाले सियोनलाई सान्त्वना दिनुहुनेछ+

      अनि तहसनहस भएका त्यसका सबै ठाउँलाई फेरि बसाल्नुहुनेछ।*+

      त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ+

      अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।+

      त्यहाँ खुसी र रमाहटको स्वर गुञ्जनेछ।

      त्यस सहरले सुमधुर गीत गाउनेछ र धन्यवाद चढाउनेछ।+

  • इजकिएल ३६:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि मानिसहरूले भन्‍नेछन्‌: “त्यो उजाड जमिन अदनको बगैँचाजस्तै+ भएको छ; उजाड र ध्वस्त पारिएका सहरहरू अहिले बलिया गढ भएका छन्‌ र ती आबाद भएका छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने