-
प्रेषित १४:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ लिस्त्रामा एक जना अपाङ्ग मानिस बसिरहेको थियो। जन्मैदेखि लङ्गडो भएकोले ऊ कहिल्यै हिँडेको थिएन। ९ त्यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरे र उसमा निको पार्न लायकको विश्वास छ भन्ने देखेपछि+ १० तिनले ठूलो स्वरमा यसो भने: “आफ्नो खुट्टाको भरमा उठ।” ऊ बुर्लुक्क उफ्रियो र हिँड्न थाल्यो।+
-