प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ मेरो आशिष्‌ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ;+ कसैले तिमीहरूलाई डर देखाउनेछैन+ र तिमीहरू मस्त निदाउन सक्नेछौ। म तिमीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरू धपाइदिनेछु अनि तिमीहरूविरुद्ध कसैले तरबार उठाउनेछैन।

  • यसैया ११:६-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ ब्वाँसो पाठोसित बस्नेछ+

      अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।

      सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्‌।*+

      अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।

       ७ गाई र भालु सँगसँगै चर्नेछन्‌

      अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्‌।

      सिंहले गोरुले झैँ पराल खानेछ।+

       ८ दूधे-बालक गोमन सर्पको दुलोनजिकै खेल्नेछ

      र भर्खरै दूध छोडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।

       ९ मेरो पवित्र डाँडामा

      तिनीहरूले कुनै हानि गर्नेछैनन्‌+

      किनकि समुद्र पानीले भरिएझैँ

      पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+

  • यसैया ३५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यहाँ एउटै सिंह हुनेछैन,

      कुनै पनि हिंस्रक जनावरले त्यहाँ पाइला टेक्नेछैन।

      ती त्यहाँ पाइनेछैनन्‌।+

      ज-जसलाई मोल तिरेर छुटाइएको छ, तिनीहरू मात्र त्यहाँ हिँड्‌नेछन्‌।+

  • यसैया ६५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌,

      सिंहले गोरुले जस्तै पराल खानेछ,+

      सर्पको आहारा धुलो हुनेछ।

      तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्‍याउने कुनै काम गर्नेछैनन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

  • होसे २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्‌गली जनावरहरूसित,+

      आकाशका चराचुरुङ्‌गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु;

      म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+

      अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने