-
गन्ती २८:११-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्। १२ अनि प्रत्येक बहर चढाउँदा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू।+ थुमा चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू।+ १३ भेडाको प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने यो अग्निभेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+ १४ अनि प्रत्येक बहर चढाउँदा आधा हिन दाखमद्य,*+ थुमा चढाउँदा एक तिहाइ हिन दाखमद्य+ र भेडाको प्रत्येक पाठो चढाउँदा एक चौथाइ हिन दाखमद्य मद्यभेटीको रूपमा चढाउनू।+ तिमीहरूले हरेक वर्ष महिनैपिच्छे चढाउनुपर्ने अग्निभेटी यी नै हुन्। १५ यहोवा परमेश्वरलाई दिनहुँ चढाउने अग्निभेटी र मद्यभेटीको अलावा पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि सँगै चढाउनू।
-