-
यसैया १४:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “ए पलिस्तियालीहरू हो, रमाउन छोड।
तिमीहरूलाई हिर्काउनेको लौरो भाँचियो भन्दैमा खुसी नहोऊ।
-
-
यर्मिया ४७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ पलिस्तियालीहरूबारे भविष्यवक्ता यर्मियाकहाँ यहोवाको वचन आयो।+ यो सन्देश फारोले गाजामा पलिस्तियालीहरूलाई हराउनुअघि आएको थियो।
-
-
योएल ३:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,
तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?
के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?
यदि तिमीहरू बदला लिँदै छौ भने
चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+
५ किनकि तिमीहरूले मेरो सुनचाँदी लियौ+
अनि मेरो अनमोल खजाना तिमीहरूका मन्दिरहरूमा लग्यौ।
६ अनि तिमीहरूले यहुदा र यरुसलेमका मानिसहरूलाई उनीहरूको इलाकाबाट टाढा पठाउन
उनीहरूलाई ग्रीकहरूको हातमा बेच्यौ।+
-