-
दानिएल ४:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “‘ओछ्यानमा ढल्किरहेको बेला मैले दर्शनमा एक पहरेदार अर्थात् एक पवित्र जनलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।+ १४ तिनले ठूलो स्वरमा यसो भने: “त्यस रूखलाई काटिदेओ,+ त्यसका हाँगाहरू पनि काटिदेओ, त्यसका पातहरू झारिदेओ र त्यसका फलहरू छरपस्ट पारिदेओ! पशुहरू त्यसको छहारीबाट भागिजाऊन् र चराचुरुङ्गीहरू त्यसका हाँगाबाट उडिजाऊन्। १५ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू र घाँसहरूमाझ छोडिदिनू। त्यसलाई आकाशको शीतले भिजाओस् र त्यो घाँसहरूमाझ पशुहरूसित छोडियोस्।+ १६ त्यसको मन बदलिएर पशुको जस्तो होस्। यसरी सात काल+ बितोस्।+
-