प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:२३-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “‘अनि हजुरले एक पहरेदार अर्थात्‌ एक पवित्र जनलाई+ स्वर्गबाट तल ओर्लिरहेको देख्नुभयो, जसले यसो भनिरहेका थिए: “त्यस रूखलाई काटेर नाश गरिदेओ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको बन्धनले बाँध्नू र जमिनको घाँसबीच छोडिदिनू। आकाशको शीतले त्यसलाई भिजाओस्‌ र सात काल नबितुन्जेल त्यो जमिनका पशुहरूसित रहोस्‌।”+ २४ हे महाराज, सपनाको अर्थ यही हो; यो सर्वोच्च परमेश्‍वरको आदेश हो, जुन मेरा मालिकमाथि आइपर्नेछ। २५ हजुरलाई मानिसहरूको माझबाट धपाइनेछ अनि जमिनका पशुहरूसित हजुरको बास हुनेछ। हजुरले गोरुले जस्तै घाँस खानुपर्नेछ। हजुरलाई आकाशको शीतले भिजाउनेछ+ र सात काल+ यसरी नै बित्नेछ।+ तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिका शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरले जान्‍नुहुनेछ।+

      २६ “‘तर पहरेदारहरूले रूखको ठुटा जरैसमेत छोडिदिने आदेश दिएका थिए।+ त्यसैले स्वर्गका परमेश्‍वर नै असली शासक हुनुहुन्छ भनेर हजुरले जानिसकेपछि हजुरलाई राज्य फिर्ता गरिनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने