२९ बेबिलोनलाई आक्रमण गर्न धनुर्धारीहरूलाई बोलाओ,
धनुमा ताँदो चढाउने सबैलाई बोलाओ।+
बेबिलोनको वरिपरि छाउनी हाल र एक जनालाई पनि उम्कन नदेओ।
त्यसको कुकर्मको सजाय त्यसलाई देओ।+
त्यसले जसो गरेको थियो, त्यसलाई त्यसै गर+
किनकि त्यो अहङ्कारी हुँदै यहोवाविरुद्ध,
इस्राएलका पवित्र परमेश्वरविरुद्ध खडा भयो।+