-
एस्तर ८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसैले अब यहुदीहरूलाई जोगाउन तिमीहरूलाई जे सही लाग्छ, त्यसै गर। मेरो नाममा एउटा उर्दी निकाल र त्यसमा मेरो छापऔँठीले छाप लगाऊ। किनकि जुन उर्दी राजाको नाममा जारी गरिन्छ र जसमा राजाको छापऔँठीले छाप लगाइन्छ, त्यस उर्दीलाई कसैले पनि रद्द गर्न सक्दैन।”+
-
-
दानिएल ६:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ शाही उर्दी जारी गरेर एउटा प्रतिबन्ध लगाउन सबै शाही अफिसर, प्रमुख अधिकृत, बडाहाकिम, उच्च अधिकारी र राज्यपालले आपसमा सल्लाह गरेका छन्: अबको ३० दिनसम्म कसैले हजुरबाहेक अरू कुनै पनि देवता वा मानिसलाई बिन्ती-प्रार्थना गरेमा त्यसलाई सिंहको खोरमा फ्याँकियोस्।+ ८ हे महाराज, यो उर्दी जारी गरेर यसमा दस्तखत गर्नुहोस्+ ताकि यसलाई फेरि कसैले बदल्न नपाओस् किनकि मादी र फारसको कानुन कहिल्यै खारेज गर्न सकिँदैन।”+
-